बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ
सुनसरी । सुनसरीको देवनागञ्ज गाउँपालिका–२ मा १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का २५ वर्षीय प्रदिप यादवलाई साउन २१ गते पक्राउ गरेको छ ।
आरोपितले बालिकालाई साउन २० गते राती मोटरसाइकलमा लिफ्ट मागेको आधारमा बाटोभन्दा पर खेतमा लगेर बलात्कार प्रयास गरेको र कपडा समेत च्यातेर यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय देवानगञ्जका उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते इनरुवा जिल्ला अस्पतालमा गरिएको घटनामा संलग्न रहेका अर्का एक देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय बालकृष्ण यादव भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्