तपाईँ सुन्दै हुनुहुन्छः

पाँच प्रहरी सहित बारामा थपिए २२ कोरोना संक्रमित


बारा । बारामा ४ महिला सहित थप २२ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी सहित २२ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा ईलाका प्रहरी कार्यालय, प्रसौनी बारामा कार्यरत ५ जना प्रहरी समेत रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले बताउनुभयो । संक्रमितहरु जवानहरु १९, ३१ वर्ष उमेर समुहका छन् । उनका अनुसार संक्रमित हुनेमा ३४ वर्षीय एक डाक्टर पनि छन् । यस्तै, कन्ट्रयाक्ट् ट्रेसिङमा परेका अन्य १७ जना २६ बर्ष देखि ६८ वर्ष उमेरका छन् । उनीहरु सबै जितपुर–सिमरा उपमहानगरपालिकाका हुन् ।

हालसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या २ सय ३९ पुगेको छ । यस्तै, संक्रमण निको भएर घर फर्किनेको संख्या १ सय ८७ पुगेको कलैया अस्पतालका प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी गराउनुभयो । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाईसकेका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button