सुनसरीमा आज रातिदेखि निषेधाज्ञा जारी
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राति १२ः०० बजेदेखि साउन २६ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
पछिल्लो समय सुनसरी जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि दुहबी, इनरुवा, इटहरी, धरान र बराह क्षेत्र नगरपालिकाले लकडाउन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।
लकडाउन उल्लङ्घन गर्दै सडकमा भिडभाड भएको भन्दै कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवा बाहेक अरू कसैलाई घर बाहिर ननिस्किन अपिल गरेका छन् । दिनहुँ सयौँ सर्वसाधारण ओहोर दोहोर गरेकै कारण सुनसरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको छ ।








प्रतिक्रिया राख्नुहोस्