तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप तीन जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप तीन जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या तीन सय ९४ पुगेको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट नेपालगन्ज १८ की २६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला तथा नेपालगन्जको आदर्श नगर आइसोलेसनबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का २० वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेका ७४ जना र बहिरी जिल्लाका चार  जना गरी ७८ जना छन् । बाँकेमा हालसम्म चार सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button