बढ्यो कोरोना जोखिम : सिंहदरबार प्रवेशमा थप कडाइ

काठमाडौं । गृह मन्त्रालयले सिंहदरवार प्रवेशमा कडाइ गरेको छ । उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएसँगै गृह मन्त्रालयले सिंहदरवार प्रवेशमा कडाइ गरेको हो । कडाईसँगै अहिले सिंहदरवारमा फोन र अनलाइन पास बन्द गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिंहदरवार प्रवेशमा कडाई गरिएपनि अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउनु हुनेछ ।
महानगरी प्रहरी प्रभाग सिंहदरवारका डीएसपी सुवासचन्द्र बोहराका अनुसार चिया खाजा र सामान्य भेटघाटका लागि अनावश्यक भीड बढेपछि जोखिम अवधिभर कडाइ गरिएको हो ।
दैनिकजसो उपत्यकामा संक्रमितहरुको संख्या बढेसंगै मुलुकको प्रमुख प्रशासकिय केन्द्र सिंहदरवार प्रवेशमा कडाइृ गरिएको हो ।
मंगलवारमात्र उपत्यकामा ६२ जनामा कोरोना संक्रमणका नयाँ विरामीहरु भेटिएका थिए । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाई गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्