तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई सही दिसा निर्देश गर्न निजामति कर्मचारीको योगदान अतुलनिय:सचिब बस्याल

काठमाडौं ।संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिब हरिप्रसाद बस्यालले परिवर्तित अवस्थामा मुलुकलाई सही दिसा निर्देश गर्न निजामति कर्मचारीको योगदान अतुलनिय रहेको बताउनुभयो ।

नेपाल निजामति कर्मचारी संगठन विभागिय कार्यसमितिले आज काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा सचिब बस्यालले कर्मचारी वर्गको मनोबल उच्च राख्न सके सेवा प्रवाह चुस्त दुरुस्त रहनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

उहाँले मन्त्रालयको गरिमा र महिमालाई उच्च राख्नेगरी आफुले काम गर्ने र त्यसको लागि सबैको सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।
कार्यक्रममा निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य प्रसाद ढकाल लगायतका प्रतिनिधिले राज्य व्यवस्था समितिले ल्याएको संघीय निजामति सेवा ऐन विधेयक कर्मचारीको हितमा नरहेको बताउदै सचिब बस्यालको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओली ट्रेड युनियन र कर्मचारीको हक हितमा रहनुभएको हुँदा समस्त कर्मचारीहरुले उच्च मनोबलताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिनुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button