तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित १६ बर्षिया किशोरीको मृत्यु

वीरगंज । पर्साको पोखरीया नगरपालीका वाडा नम्बर ९ जगतपुर निवासी १६ बर्षिया किशोरी प्रतिमा पटेलको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ ।

सोमबार राति घरमा लगातार बान्तागर्न लागेपछि उपचारकालागि बीरगंज स्थित नेशनल मेडीकल कलेज शिक्षण अस्पताल ल्याउने क्रममा किशोरीको बीच बाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि हिजो किशोरीको स्वाब संकलनगरी नारायणी अस्पताल बीरगंजको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणकोक्रममा हिजोसाँझ किशोरीको रिपोर्ट पोजेटिभ आएको र निजको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

किशोरीको मृत्युसंगै साउन यता बीरगंजमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button