आज अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दै मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले आज भारतको अयोध्यास्थित विवादास्पद भूमिमा राम मन्दिरको शिलान्यास गर्नु हुने कार्यक्रम छ ।
मुस्लिम समुदायको बाबरी मस्जिद रहेको सो स्थानमा मस्जिद निर्माणअघि राम मन्दिर रहेको तथ्यलाई भारतीय न्यायलयले मान्यता प्रदान गरेपछि आज एक समारोहबीच प्रधानमन्त्री मोदीले राम मन्दिर शिलान्यास गर्नु हुने भएको छ ।
प्रारम्भमा राम मन्दिर रहेको भन्दै भारतीय जनता पार्टीको अगुवाईमा सन् १९९२ डिसेम्बर ६ मा मस्जिद भत्काइएपछि हिन्दु र मुस्लिमबीच विवाद हुँदै आएको सो भूमिलाई गत वर्षको नोभेम्बर महिनामा भारतीय न्यायालयले राम जन्मभूमिका रुपमा स्थापित पारेको थियो ।
उत्तर प्रदेश सरकारले राम जन्मभूमिमा ऐतिहासीक राम मन्दिर शिलान्यासका लागि आज हुने समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीबाट हुने ऐतिहासीक राम मन्दिर शिलान्यास समारोहको सम्पूर्ण भारत र हिन्दु समुदायले ब्यग्र प्रतिक्षा गरिरहेको बताउनुभएको छ ।
नेपाली समय अनुसार दिउँसो १ बजे हुने समारोहमा भारतीय प्रधानमन्त्री मोदी , सत्तारुढ भारतीय जनता पार्टीको मार्गदर्शक मानिने हिन्दु स्वयंसेवक संघका प्रमुख मोहन भागवतसहित १ सय ७५ जना सहभागी हुने उत्तर प्रदेश सरकारले जानकारी दिएको छ । भारतीय जनता पार्टिका वरिष्ठ नेता एवं अयोध्यामा राम मन्दिर बनाउने अभियानका एक जना अगुवा लालकृष्ण आडवाणीले आज हुने समारोहले ऐतिहासीक तथ्यलाई नयाँ उचाई दिने बताउनुभएको छ ।
यद्यपी , नेता आडवाणीलाई उक्त समारोहमा आमन्त्रण नगरिएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्