तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ पनि शिल

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ मा होम क्वारेन्टीन बसेका एक जनामा कोरोना पोजिटिभ देखिएपछि उक्त वडा समेत शिल गरिएको छ । भारतबाट फर्किएका ती व्यक्तिलाई पिसिआर जाँचपछि होम क्वारेन्टीनमा बस्न पठाइएको भएपनि उनले सार्वजनिक स्थानमा गई साथीभाइहरू संगै घुमफिर गरेको पाइएकोले अन्य व्यक्तिमा समेत कोरोनाको आशंकामा वडा शिल गरिएको हो ।

सो वडाका ३४ जनासंग संक्रमित व्यक्तिको सम्पर्क भएको देखिएपछि उनीहरू सबैको पिसिआर चेकजाँच गरिएको भीमदत्त नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण सिंह देउपाले जानकारी दिनुभएको छ । तर रिपोर्ट भने आइसकेको छैन । उक्त १२ नम्बर वडा संग सीमा जोडिएका वडा नम्बर १३ र वडा नम्बर १७ भरी यसअघि नै लकडाउन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button