वीरगंजमा संक्रमित सुरक्षाकर्मीका लागि ४० बेडको आईसोलेशन संचालन
वीरगंज । वीरगंजको आदर्शनगरमा रहेको कलवार धर्मशालामा आजबाट संक्रमित सुरक्षाकर्मीहरुको लागि निर्माण गरिएको ४० बेड क्षमताको आईसोलेसन संचालनमा आएको छ ।
आईसोलेसनमा नेपाल प्रहरीका संक्रमित ९ जना सुरक्षाकर्मी सहित नेपाली सेनाका संक्रमित जवानहरुलाई राखिने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

नेपाल प्रहरीका संक्रमितहरु मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना, कारागार सुरक्षामा खटिएका ३ जना र भिआईपीको पिएसओ खटिएका २ जना गरी हाल सम्म ९ जना प्रहरी संक्रमित भएका छन् ।
संक्रमित सुरक्षाकर्मीहरुको लागि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा सानो पाईलाले दैनिक व्यवस्थापनको कार्य गर्ने गरी आईसोलेसन संचालनमा ल्याईएको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको आइसोलेशन केन्द्र निर्माण गरिएको आईसोलेशनमा नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरीकार्यालयको प्रत्यक्ष निगरानीमा रहने सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कन्चन झाले बताउनुभयो ।
सानोपाइलाले आईसोलेशनमा रहेका संक्रमित सुरक्षाकर्मीलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ को मान्यता र मापदण्ड अनुसारका खाद्यवस्तु प्रयोग गर्दै सोही कार्यविधी अनुसारको खाना खुवाउने जनाईएको छ ।







प्रतिक्रिया राख्नुहोस्