नारायणी नदीमा हामफालेकी युवतीको जीवितै उद्धार
चितवन । सोमबार सांँझ पुलबाट नारायणी नदीमा हामफालेकी युवतीको आज चितवन प्रहरीले जीवितै उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सोमबार सांँझ ६ः२० मा गैडाकोट तर्फ २२ बर्षे ती युवतीले हामफालेको खबर पाउनसाथ खोजी कार्य तीब्र बनाईएको थियो ।
आज बिहान साढे ६ बजे रामघाट नजिक नाराणयी नदीको टापुमा चिच्याएर हात हल्लाउंँदै गरेको देख्नासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट रवरबोट सहितको टोलीले जीवितै उद्धार गरेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । हाल उनलाई परिवारका सदस्यको साथ कार्यालयको महिला सेलमा परामर्शको लागि राखिएको थापाले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्