तपाईँ सुन्दै हुनुहुन्छः

झापा जिल्ला प्रशासनले ४ करोड ३ लाख राजश्व सकंलन गर्यो

भद्रपुर, झापा । आर्थिक वर्ष २०७६/०७७ मा जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६०० रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा भने यो रकम निकै कम हो ।

अघिल्लो वर्ष कार्यालयले ६ करोड ५६ लाख ५१ हजार २८४ रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसको तुलनामा यस वर्ष २ करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको लेखापाल टेकप्रसाद नेपालले जानकारी दिनु भयो ।

अन्तिम चौमासिक शुरु हुँदा कोभिड १९ को महामारी फैलिएपछि राजश्व संकलन प्रभावित भएको उहाँको भनाइ छ ।

यस वर्ष सबैभन्दा बढी राहदानीबाट ३ करोड ९० लाख ८५ हजार राजश्व संकलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button