रक्सी भनेर एसीड खुवाए पछि…
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रक्सी भनेर एक युवकलाई एसीड खुवाईएको छ । उपमहानगरपालिकाको वडा नं. १९ ईनर्वासिरामा भर्जिन रक्सीको बोतलमा एसिड ख्वाउँदा उनको मुख र पेटभित्रको भित्री भाग जलेको अस्पताल स्रोतले जनाएको छ ।
एसिड खानेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ बस्ने बर्ष १८ का पवन साह रहेका छन् । उनलाई रक्सी पसल सञ्चालक बर्ष २० का उमेश साहले आईतबार रक्सी भनेर एसीड ख्वाएको पारिवारीक स्रोतले आरोप लगाएको छ ।
पिडितको उपचार नेशनल मेडिकल कलेजमा सम्भव नभएपछि उनलाई काठमाडौँ रिफर गरिएको वडा अध्यक्ष सुधन दास तत्माले जानकारी दिनुभयो । उहाँले पिडित पवनको अवस्था ज्यादै गम्भिर रहेको बताएका छन् । सुरुसुरु मा आफु कहाँ पवन नआएको उमेशले बयान दियो । एसिड पनि आफुले नख्वाएको दाबी गर्याे । पछि केरकार गर्दा भर्जिनको बोतलमा राखेको एसीड पवन आफैले खाइ दिएको उमेशले बयान दिएको ईनर्वा प्रहरी चौँकीका प्रहरी सहायक निरिक्षक नागेन्द्र पान्डेले जानकारी दिनुभयो । उमेशले नै आफुलाई रक्सी भनेर एसिड ख्वाएको पवनले बताएपछि आफुहरुले उमेशलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक पाण्डेले बताउँनुभयो ।
एसिड ख्वाएको आरोप लागेका उमेशलाई आज ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा पठाईएको छ । । उनको माथि आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्