एकजना पुरूष उखुबारीमा मृत फेला
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देवमा एकजना पुरूष उखुबारी भित्र मृत फेला परेका छन् । चारदिनदेखि बेपत्ता रहेका ५० वर्षीय टीकाराम चौधरी उखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको परिवारले घटना रहस्यमयी भएकोले घटनाको सुक्ष्म अनुसन्धान गरिनुपर्ने माग अघि सारेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दका अनुसार उखुबारी भित्र रुखमा झुण्डिएको अवस्थामा चौधरीको शव फेला परेकोले आत्महत्या वा हत्या के हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्