तपाईँ सुन्दै हुनुहुन्छः

कुलोमा डुबेर बालकको मृत्यु


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो तिलोत्तमा– ५ कैलाश पथका ४ वर्षीय आर्यन परियार खेल्ने क्रममा कुलोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलपुरले जनाएको छ ।

स्याङ्जाको चापकोट ३ भई तिलोत्तमा–५ बस्ने किसान परियार र सिमा परियारका छोरा आर्यनलाई कुलोले करिब ५–७ सय मिटर तल बगाउँदा उनको मृत्यु भएको हो । कुलोले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि उद्दार गरी उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पतालमा लगिएको थियो । गम्भीर अवस्थामा रहेका उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button