तपाईँ सुन्दै हुनुहुन्छः

नौ लाखसहित निकुञ्जका कर्मचारी पक्राउ

रुपन्देही । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको ९ लाखसहित रुपन्देहीबाट पक्राउ परेका छन् । उनीहरु नगद ३ लाख ४८ हजार नगद र ५ लाख ५० हजारका विभिन्न बैँकका भौचरसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरुलाई कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा सोमबार सैनामैना नगरपालिका–१० बाट उक्त रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले बताउनुभयो । पक्राउ परेकाहरुमा माथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button