तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा निषेधाज्ञा जारी, स्वाब दिदा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र पेश गर्नुपर्ने

सप्तरीे । सप्तरी जिल्लामा कारोना संक्रमितको संख्या ५ सय ३१ पुगेसँगै सप्तरीमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने आशंकामा मगलवारदेखी स्थानिय प्रशासनले जिल्ला भरी निषेधाज्ञा जारी गरेको छ । कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सप्तरी जिल्ला भरी मगलवार २० गते बिहान ५ बजेदेखी २६ गते सोमवारसम्म निषेधाज्ञा जारी गरेको हो ।

दैनिक कोरोना संक्रमित फेला पर्दै गएपछि सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको निषेधाज्ञा बारे सूचनामा सप्तरी जिल्लामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ५ सय ३१ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम सप्तरी जिल्ला भरी जारी निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ । उक्त आदेशको उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने जनाइदै अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थलहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।


स्वाब दिदा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र पेश गर्नुपर्ने

कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण पेश गरि स्वाब परिक्षणमा आएका १२ जनामा पोजेटिभ देखिएपनि उनीहरुको खोजीमै हैरानी थपिएको बताउनु भयो ।

अथक महिनेत गरेर ती मध्येका १० जना पत्ता लागेपनि २ जना अझैं फेला पर्न नसकेको र खोजीकार्य जारि रहेको उहाँको भनाई छ । कोरोना संक्रमणको कुरा छरछिमेक वा समाजमा अरुलाई जानकारी भएमा हेला वा फरक व्यबहार हुन सक्ने भएका कारण यस्तो प्रबृती बढेको हुन सक्ने आंकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण दिनेमा अधिकांश लागुऔषध सेवनमा लागेका यूवाहरु नै रहेको जानकारी दिएका छन् ।

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले कोरोनाको संक्रमण बढी रहेको अवस्थामा सहि विवरण समेत नदिएर स्वाब जचाउन आउनेका कारण उनीहरुको खोजिमा धेरै समय खर्चिनु परेको बताउँदै यसले श्रोत र साधनको समेत दुरुपयोग भएको गुनासो गर्नुभयो ।

“लागु औषध सेवनकर्ता त छदैछन्, उहाँले भन्नु भयो “जान्ने बुझ्ने र समाजका अगुवा समेत रहेका व्यक्तिबाट पनि झुठो विवरण लेखाउने गरेको खुलेको छ ।” डा. झाले पहिचान खुल्ने परिचय पत्रका आधारमा स्वाब संकलनको व्यवस्था सोमबारदेखी लागु गरिएको हुनाले धेरै हदसम्म यो समस्या हट्ने विश्वास व्यक्त गनु भएको छ ।

यता जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दैनिकी बढ्दो छ । आइतबार राती २७ जना संक्रमित थपिएको जिल्लामा सोमबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका सबै राजविराज नगरपालिका वडा नं. ८ का बासिन्दा रहेको डा. झाले जानकारी दिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३१ पुगेको छ ।

समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि गत साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । यस्तै जिल्लाका सबै स्थानिय तहले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सेवा प्रवाह बन्द गरेको छ । जसकारण सप्तरीको जनजिवन नराम्ररी प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button