जनकपुरधाम सहितका मठमंन्दिरहरुमा मनाईने झुलनोत्सव पर्व आज सम्पन्न हुदै

जनकपुरधाम । जनकपुरधामको मठ मंन्दिरहरुमा साउन महिनामा मनाईने झुलनोत्सव पर्व धुमधामका साथ मनाएर आज साँझ देखि सम्पन्न हुदैछ ।
१५ दिनसम्म कलात्मक डोलामा भगवान राम, सीता, लक्ष्मण, भरत, शत्रुधन, हनुमान सहितको देवी देउँताहरुको मूर्ति राखेर रेशमको डोरीले तानेर भजन किर्तन सहित प्रत्येक दिन साँझ देखि मध्यरातसम्म झुलाउने चलन रहेको छ ।
श्रावण शुक्लपक्ष द्वितीया तिथि देखि शुरु भएर पूर्णीमा अर्थात आज साझसम्म चल्ने झुलनोत्सव पर्वको रौनकता जनकपुरधामको जानकी मंन्दिर, राममंन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर सहितको मठ मन्दिरहरुमा हेर्न लायकका हुन्छ ।

श्रद्धाभक्ति पूर्वक धुमधामका साथ मनाईने झुलनोत्सव पर्व यस पटक कोरोनाका कारणले प्रभावित बनेको छ । विगत वर्ष जस्तो मन्दिरमा भिडभाड छैन । कम सहभागितामा परम्परालाई निरन्तरता दिने काम मात्र भएको जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्वले जानकारी दिनु भयो ।
आज मध्यरातमा झुलामा रहेको डोरी काँटेर यस पर्वको समापन गर्ने चलन रहेको भएपनि यस पटक कोरोनाको संक्रमण फैलिरहेका कारणले स्थानीय प्रशासनले आजै मध्यरात देखि निषेधाज्ञा आदेश जारी गरेकाले नौ बजेसम्म पर्वको समापन गर्ने श्री रामानन्दीय वैष्णव संघका अध्यक्ष एवं जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको जानकारी दिनु भयो ।
खास गरेर यस पर्वको अवधिभरि जनकपुरधामको मठ मंन्दिरहरुमा विशेष रौनकता रहने गरेका छन् । सामान्य अवस्थामा यस पर्वमा सहभागि हुनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु जनकपुरधाम आउने गरेकोमा यस पटक स्थानीय भक्तहरु मात्र सिमित मात्रामा सहभागि भएका देखिईएको छ ।








प्रतिक्रिया राख्नुहोस्