ठूलो परिणाममा घरेलु मदिरा नष्ट
वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको गस्ती टोलीले ठूलो परिणाममा उत्पादन गरिएको घरेलु मदिरा र मदिरा बनाउनेकच्चा पदार्थ नष्ट गरेको छ ।
प्रहरी टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित सखुअनिया गाउँटोलमा अवैध रुपमा संचालन गरिएको घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट ६ हजार ५ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र २ सय लिटर तयारी मदिरा नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधि तथा सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरिएको पे्रस नोटमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्