तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, तीन घाइते, एकको अवस्था गम्भीर

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ३ थिदिंखास्थित हागातुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी आमचोक गाउँपालिका वडा नम्बर ३ दिसङ्लाका २८ वर्षीय चालक दिपक कुवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ बयाङबाट बालुवा र आलु लिएर आइतबार साँझ बालंखा जाँदै गरेको प्रदेश १—०२—००३ त ५८८ नम्बरको ट्याक्टर हागातुङ खोलामा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नम्बर ३ दिसङ्लाका ४० वर्षीय टङ्क कुवर, १४ वर्षीय नवहाङ राई र १६ वर्षीय विकास कुँवर रहेका छन् । घाइते मध्ये विकासको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button