बाँके र सल्यानका थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । बाँके र सल्यानका थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जले आज दिउँसो सार्वजनिक गरेको विवरण अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका नौ जना तथा सल्यानको त्रिवेणी र बागचौरका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि आज बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा कार्यरत एक अधिकृत तथा रुकुम पूर्वका सात जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्