तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप एक जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

 नेपालगन्ज  । बाँकेमा आज थप एक जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ८८ पुगेको छ ।

नेपालगन्जको आदर्श नगर आइसोलेसनबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का २० वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेका ५४ जना र बहिरी जिल्लाका ११ जना गरी ६५ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button