करेन्ट लागेर घोराहीमा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

घोराही । दाङमा जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टमा परी दुई बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १ हर्नोक निवासी ३५ वर्षीय दिलबहादुर रावतले आफ्नै मकै बारीमा थापेको विद्युतीय करेन्टमा परी रावतका दुई छोराको मृत्यु भएको हो ।
निधन हुनेमा रावतका १४ बर्षीया छोरा बिरबल रावत र १० वर्षीय तेजबहादुर रावतको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर चिच्याएपछि छुटाउन पुगेका दिलबहादुर रावत पनि गम्भीर घाइते भएका छन् ।
घाइते दिलबहादुर रावतको उपचार घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभएको छ ।
जङ्गली जनावरले मकै खाएर हैरान गराएपछि रावतले करेन्ट थाप्नु भएको थियो । आज परेको जनैपुर्णिमा मकै चढाउने भनेर मकै ल्याउनका लागि बारी पुगेका बिरबल र तेजबहादुरलाई करेन्ट लागेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्