तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम बढेपछि बझाङका दुई वडा र एक टोल सिल

बझाङ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बझाङमा पनि दुई वडा र एक गाउँ सिल गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले केदारस्यु गाउँपालिकाको ६ र ७ वडा र थलारा गाउँपालिका ५ को दुवाली गाउँलाई पुर्णरुपमा सिल गर्ने नियण गरेको हो ।

सिएमसीसीको बैठकले दुई वडा र एक गाउँ सिल गरेपछि त्यहाँ मान्छेहरूको आवतजावत पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडामा मात्र ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने थलारा गाँउपालिका दुवाली एकै गाँउमा १० जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सन्त्रास फैलिएको छ ।

बझाङमा हालसम्म कोरोना सङ्क्रमित भएका दुई सय २२ जना मध्ये एक सय ६६ जना निको भएर घर फक्रिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button