तपाईँ सुन्दै हुनुहुन्छः

गोरु काटेको अभियोगमा लमजुङमा ३ जना पक्राउ

लमजुङ- गोरु काटेको अभियोगमा लमजुङमा ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती गोरु काटेको भन्दै स्थानीयले प्रहरीलाई खवर गरेपछि राती साँढे १० बजे तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मस्र्याङदी गाउपालिका ७ दोभानचौरमा रामबहादुर भुजेलको घरमा गोरु काटेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र खुदी प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले खानतालसी गर्दा भुजेल सहित ३ जनालाई गोरुको मासु काट्दै गरेको अवस्थाबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मस्र्याङदी ७ का ४२ वर्षिय रामबहादुर भुजेल, मस्र्याङदी ७ वस्ने ३० वर्षिय राजकुमार भुजेल र वेसीशहर नपा १० वस्ने २० वर्षिय दुर्गा थापामगर पक्राउ गरिएको हो । तीनै जनालाई आईतबार गौबध मुद्धामा लमजुङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी निरिक्षक ओमप्रकास पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button