बाँके र रुकुमका ९ जनामा कोरोना

नेपालगन्ज। बाँके र रुकुम पूर्वका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष र नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा कार्यरत एक अधिकृतलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार वडाध्यक्षलाई ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको छ भने कर्मचारीमा कुनै लक्षण छैन । त्यस्तै रुकुम पूर्वका १ महिला र ६ जना पुरुषमा पनि कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्