झापाको बिर्तामोडमा गएराती देखी लकडाउन

झापा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गरेको छ ।
गएराती १२ बजेदेखि लागु हुने गरी लकडाउन गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताउनुभयो । बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्काे सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने जनाईएको छ ।
स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्यतर्फ जान दिने ब्यवस्था मिलाईएको बताईएको छ ।त्यसैगरी अतिआवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ । त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगर प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताउनुभयो ।
आईतबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा जनप्रतिनिधी, प्रदेश सभाका सांसद, नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ–संस्थाको उपस्तिथि लकडाउन जारी गर्ने निर्णय भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्