तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा अध्यक्षद्वयसहित चार नेताबीच छलफल

फाइल तस्बिर

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल जारी छ ।

छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।साउन १३ गते नेकपा स्थायी समितिको बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नु भएपछि अर्का अध्यक्ष प्रचण्डले बालुवाटारमै केही स्थायी समितिका सदस्यहरुको भेला गर्नुभए यता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन ।

अध्यक्षद्वयबीच हिजो आइतबार वरिष्ठ नेता खनाल र नेता नेम्वाङसहित छलफल भएको र आजको छलफल त्यसकै निरन्तरता भएको बताइएको छ ।असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा नयाँ विवाद सुरु भएको हो ।दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button