बीरगंजमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज ।नारायणी अस्पताल बीरगंजको पिसीआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा बीरगंजमा ४ सुरक्षाकर्मी, १२ महिला र एक भारतीय सहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसीआर परीक्षणको क्रममा गएराति अबेर आएको रिपोर्टमा संक्रमितमध्ये अधिकांश मास टेष्टिङ गर्नेहरु रहेको र कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकाहरुमा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।
प्रयोगशालाबाट आज गरिएको तथ्यांक अनुसार संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एकजना र नेपाली सेनामा कार्यरत १ जना सेना सहित ७० जना संक्रमित रहेका छन् ।
पछिल्लो समय टोल टोल मै मास टेष्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताउनुभयो । नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षिय बालिका र ८ जना महिला सहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।
अन्य संक्रमित मध्ये वीरगंज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा र गोश्वरा रोडका ७ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १० घडिअर्वा का २ जना, सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर ४ का २ जना, बीरगंज महानगरपालीका वडा नम्बर १५भिष्वा वडा नम्बर ४ विर्ता, वडा नम्बर ८ पानगल्लि, वडा नम्बर १३ राधेमाइ, वडा नम्बर ६ गहवा, मुर्लि बगैंचा, सेढवा वडा नम्बर २, ग्रामीण भेगका टिहुकि, भारतको पुर्वी चम्पारण सोतवरीयाका गरि एक/ एकजना संक्रमित थपिएका छन् ।
यसैगरी प्रयोगशालाले उपलब्ध गराएको रिपोर्टमा बारा बिश्रामपुर गाउपालीका वाडा नम्बर ५ इटयाहिका २ जना र महागढिमाई नगरपालिका वडा नम्बर ७ का एकजनालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्