तपाईँ सुन्दै हुनुहुन्छः

बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाउने क्यानको तयारी

नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ । त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको पिसिआर परीक्षण पनि हुने छ ।

क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गर्ने छ । ६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको हो । पछिल्लो पटक नेपालले फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनको लागि माघ तेस्रो साता १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

इस्टर्न रिजन नेपालले अन्तिम पटक खेलेको अन्तराष्ट्रिय खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button