तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । नारायणी अस्पताल बीरगंजको पिसीआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणकोक्रममा बीरगंजमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएराति अबेर आएको रिपोर्टमा संक्रमितमध्ये अधिकांश मास टेष्टिङ गर्नेहरु रहेको र कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकाहरुमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

कोरोना संक्रमितभई हाल काठमाडांैमा होम आईशोलेशनमा रहनु भएका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्टसमेत पोजेटिभ आएको उपाध्यायले बताउनुभयो ।

त्यसैगरी बीरगंज महानगरपालीका वाडा नम्बर ४ विर्तास्थित कन्या मा.वि.बाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्मका रहेको उपाध्यायले बताउनुभयो ।

यसैगरी, वीरगञ्ज महानगरपालीका वडा नम्बर ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । त्यसैगरी बीरगंज स्थित मगनुस फर्मामा कामगर्ने ५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।

नारायणी अस्पतालमा नीजि खर्चमा पिसीआर परीक्षण गराएका बीरगंज छपकैया र श्रीपुरका दुई पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button