अवरुद्ध बाह्रविसे–कोदारी सडक खण्ड निर्माणको काम अन्तिम चरणमा
सिन्धुपाल्चोक । असार २५ गते राती आएको बाढीपहिरोले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे–कोदारी सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे माथी दर्जन बढी स्थानमा भोटेकोशी नदीले सडक कटान गर्दा यातयातका साधनहरु सञ्चालन हुन सकेको छैन ।
अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना,खाग्गदलमा यस अघि नै अस्थाई रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन सुरु भैसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा हेमपाइप राखेर अस्थाई रुपमा सडक निर्माणकार्य भैरहेको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो ।
बाढीपहिरोले क्षतीग्रस्त सडक निर्माणमा सडक कार्यालय चरिकोट,बाह्रविसे नगरपालिका र तातोपानी नाकामा व्यापार व्यावसया गर्दे आएका व्यापारीहरुले समेत सहयोग गरिरहेका छन्
बाढीपहिरोले सबैभन्दा बढी क्षती भएको जम्बुमा हेमपाइप राखेर तीन लाइनको कलर्भट निर्माण गरेर अस्थाई रुपमा सडक निर्माण गरिएको महतोले बताउनुभयो । आइतबारदेखि सडक निर्माण सकेर यातयातका साधन समेत सञ्चालन हुन्छ प्रमुख महतोले भन्नुभयो । सडक अवरुद्ध भएकाले जम्बुदेखि माथी जान नसकीएको र अब जम्बुको सडक सूचारु भएपछि त्यहाँ भन्दा माथी पनि सडक सफा गर्दे जाने उहाँले बताउनुभयो ।
अस्थाई रुपमा सडक निर्माण गरेर यातयातका साधन सञ्चालन भएसँगै स्थाई रुपमा सडक निर्माणका लागि प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्