खोलामा डुबेर एक बालकको मृत्यु
पाल्पा । पाल्पाको रामपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खलडाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
खेतमा धान गोड्न गएका आमा सीता ठाडासंगै बालक पनि खेतमा गएका थिए । आमा धान गोडीरहेको अवस्थामा बालक खोलामा डुबेका हुन् । खोलामा डुबेका बालकलाई उपचारको लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्