तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा ३ वटा पिसीआर मेसीन खरिद गरिदै

जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अत्याधुनिक रियल टाईन पिसिआर मेसिन खरिद गर्न लागिएको छ ।

प्रदेश सरकारले खरिद गर्ने रियल टाईम पीसीआर मेसिन स्वचालित र परीक्षण गर्ने क्षमता बढी हुने स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख डा. प्रमोद कुमार यादवले जानकारी दिनु भएको छ ।

पिसिआर मेसिन जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल र अर्को कोभिड अस्पतालमा राखिने डा. यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button