उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै
काठमाडौं । इंग्ल्यान्डको सबैभन्दा पुरानो एफए कपको उपाधिका लागि आज राति चेल्सी र आर्सनल भिड्दैछन् ।
खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १० बजेर १५ मिनेटमा शुरु हुनेछ ।
सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल चेल्सीलाई हराउदै पहिलो उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रदैछ ।
अर्काे सिजनको युरोपियन फुटबलमा रहन आर्सनललाई एफए कपको उपाधि जित्नै पर्ने दबाब रहेको छ ।
आर्सनल पनि १४ औ पटक उपाधि कब्जा गर्ने रणनीताका साथ खेल्नेछ ।
सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडमाथि ३–१ को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको थियो ।
म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल फाइनलमा प्रवेश गरेको थियो ।
आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्