तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई आज १४ लाख ४८ हजारभन्दा बढी रकमसहित पक्राउ गरेको छ ।

उपाध्यायलाई आज आयोको कार्यालय टंगालबाट खटिगएको टोलीले चन्द्रागिरी नगरपालिका २, नागढुङा काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button