पहिरो खस्दा सुर्नया गाउँपालिकाका दुई घरमा क्षति
बैतडी । लगातारको वर्षाले गए राती पहिरो खस्दा सुर्नया गाउँपालिकाका दुई घरमा क्षति पुर्याएको छ भने अन्य ६ घर उच्च जोखिममा रहेका छन् ।
पहिरोले ती सबै आठ परिवार विस्थापित भएका छन् । सुर्नया गाउँपालिका–८ का लोकेन्द्र सिंह बोहरा र जनक बोहराको घरमा पहिरोले क्षति पुर्याएको वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिनुभयो । लगातारको वर्षापछि गए राती लोकेन्द्रको घरको आगमनबाटै पहिरो गएको उहाँले बताउनुभयो ।
यस्तै सोही ठाउँका जनक बोहराको घर पुरिएको छ । मानवीय तथा अन्य क्षति भने नभएको वडा कार्यालयले जनाएको छ । यसका साथै सोही ठाउँका शेरसिंह बोहरा, शालिभान बोहरा, मीनबहादुर बोहरा, बिरबहादुर बोहरा, मन्जित बोहरा र रामसिंह बोहराको घर पनि उच्च जोखिममा रहेको वडा अध्यक्ष बोहराले बताउनुभयो ।
साथै स्थानीय नरसिंह बोहराको गौशाला पनि भत्किएको जनाइएको छ । गए राती १ः०० बजेतिर खसेको पहिरोले ती घरहरू जोखिममा परेका र अझै पनि वर्षा भइरहेकोले पहिरो जाने क्रम नरोकिएको वडा कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्