तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिका–१३ एक साताका लागि सिल

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१३ वडैपूरमा आज राती १२ बजेबाट एक साताका लागि सिल गरिएको छ ।

वडामा बसेको सर्वपक्षीय भेलाले वडामा कोरोनाका बिरामीहरू पिसिआर रिपोर्ट आउनु अगावै होमकोरोन्टाईन बस्ने भन्दै घर गएका र घरबाट समुदायमा समेत घुमफेर गरेको पाइएपछि कोरोना समुदायमा फैलिने भन्दै आज राती १२ बजेबाट वडा सिल गरिएको वडा अध्यक्ष लालबहादुर शाहीले बताउनु भएको छ ।

कोरोना पोजेटिभहरुमो सम्पर्कमा आएकाहरूको खोजी भइरहेको र तिनीहरूलाई कोरेन्टाइनमा राखिने अध्यक्ष शाहीले बताउनुभएको छ ।

भिमदत्त नगरपालिका १३ मा आजसम्म आठ जना कोरोना पोजेटिभ भेटिएका छन् । ती सबै भारतबाट आएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button