इलाममा एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

इलाम । इलाममा शनिवार एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित सबै सशस्त्र प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताउनुभयो । इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको १ नम्बर गणमा रहेका सशस्त्र प्रहरीमा सङ्क्रमण भएको बरालले बताउनुभयो ।
गत १२ गते सशस्त्र प्रहरीका ४० जनाको स्वाब सङ्कलन गरिएकोमा १७ जनाको रिर्पोट पोजेटिभ आएको बरालले बताउनुभयो । योसँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण देखिएको छ ।
यसअघि साउन ११ गते पाँच जना साउन १६ गते पाँच जना सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो ।गणमा प्रतीक्षण गर्न बाकी रहेका अन्य सशस्त्र प्रहरीको आइतबार बिहान स्वाब सङ्कलन गरिने बरालले बताउनुभयो ।
सङ्क्रमित सबैलाई मोरङको गोठगाउमा रहेको कोरोना अस्पतालमा उपचारको लागि पठाउन लागिएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । उपचारपछि निको भएर २४ जना घर फिर्किएका छन् ।
सशस्त्रको गण नजिक बस्ती तथा कार्यलयहरु भएकोले फैलन सक्ने भन्दै स्थानीय बासी चिन्तित बन्न थालेका छन् । दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि इलामका स्थानीयमा त्रास बढ्न थालेको छ । परीक्षणको दायरा बढाउनु पर्ने स्थानीयबासीहरुले आवाज उठाउन थालेका छन् ।
यता स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले परीक्षण गर्न आवश्यक भएकाहरूको परीक्षण गरी रहेको, कनट्र्याक्ट ट्रेसिङ गरी परीक्षण गरिरहेको बताउनुभयो ।
अस्पतालका कर्मचारी , स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमणका शङ्का लागेका व्यक्तिहरू ४२ जना र कनट्र्याक्ट ट्रेसिङ गरिएका ४७ जना गरी ८९ जनाको स्वाब सङ्कलन गरिएले रिर्पोट आउन बाकी रहेको बरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्