कैलालीकाे चुरेमा पहिराे ८ घर बगायाे

धनगढी । कैलालीकाे चुरे गाउपालिका ५ मा पहिराेले ८ घर बगाएकाे छ भने दुई दर्जन घर पहिराेकाे जाेखिममा रहेका छन् ।
अविरल बर्षासंगै माथीबाट खसेकाे पहिराेले गुणीगाउमा ८ घर बगाएकाे र पटरेनीमा दुई दर्जन घर पहिराेकाे जाेखिम रहेकाे वडाअध्यक्ष नरबहादुर तामाङले बताउनुभयाे ।
पहिराले घर बगाएपछि विस्थापित भएका परिवारलाई गाउपालिकाले प्रति परिवार २५ किलाे चामल, दाल, नुन, तेल लगायतका राहत सामाग्री उपलब्ध गराएकाे उहाले बताउनुभयाे । सवै विस्थापित परिवार अहिले छिमेकी घरमा बसीरहेकाे बताईएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्