स्थानीयको अबरोधका बाबजुद बीरगंजका ३ कोरोना संक्रमितको शव व्यबस्थापन

वीरगंज । स्थानियको अबरोधका बाबजुद गएराति कोरोना संक्रमणको कारण ज्यान गुमाएका ३ जनाको शव पर्साको राष्ट्रिय वनक्षेत्रमा व्यबस्थापन गरिएको छ ।
नेपाली सेना र नेपाल प्रहरी,शसस्त्र प्रहरीसहितको टोलीले गएराति ९ बजे बीरगंजबाट शव लिएर राष्ट्रिय वनक्षेत्रतर्फ जानेक्रममा वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै पर्सागढी नगरपालीकाको मिलन चोक, नौकाटोल र परसुरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको र झडपमा ७ जना प्रहरी समेत घाईते भएको जनाईएको छ ।
शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन ६ सेल अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
स्थानियलाई बिपतको बेला समस्या बुझ्नुपर्ने भन्दै संझाउदासमेत नमानेर उल्टै प्रहरीमाथि ढुंगामुडा गर्न थालेपति बल प्रयोग गर्नुपरेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
संक्रमितहरुको शव ब्यबस्थापनको बिषयलाई लिएर स्थानीय र प्रहरीबिच झडप हुन थालेपछि अहिले बीरगंजमा बिद्युतिय शवदाह गृह निर्माण गर्नुपर्ने माग उठेको छ । स्थानीय जनप्रतिनिधीकै सहभागीतामा गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई संक्रमण फैलन सक्ने भन्दै जनतालाई सडकमा उतार्ने काम भईरहेको प्रति चिन्ता व्यक्त गर्दै जनप्रतिनिधीले बुझाउनुपर्नेमा उल्टै जनतालाई भड्काउनु दुखद् बिषय भएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
गत साउन १५ गते वीरगञ्जमा कोरोनो संक्रमण को कारण ५६ बर्षिय जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत, वीरगञ्ज–१६ भिषुवाका ३५ वर्षीय युवक र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुर्ब बन कर्मचारीको मृत्यु भएको थियो । मृतकहरुको दुई दिन पछि शव व्यबस्थापन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्