सैनिक कल्याणकारी कोषको रकम ४५ अर्व भन्दा बढी
अच्युत अर्याल । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लखबाट बढेर ४५ अर्ब ८६ करोड ८० लाख पुगेको छ ।
जङ्गि अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर के.सीले यो वर्ष कोषको रकम १८.९० प्रतिशतले बृद्धि भएको जानकारी दिनुभयो ।
सहायक रथी के.सीले कोभिड–१९ को जोखिम कम गर्न नेपाली सेनाको वीरेन्द्र अस्पतालमा आई. सि. यू र भेन्टिलेटर थप गरिएको र पृतना स्तरमा समेत महामारीको व्यवस्थापनको प्रारम्भिक तयारी गरिएको बताउनुभयो ।
नेपाली सेनाले कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनमा सहयोग पुर्याउन नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ सय ५०, सैनिक आवासिय महाविद्यालय भक्तपुरमा २ सय ५०, पोखरामा ७५ र अन्य ४ महाविद्यालयहरुमा ६०–६० गरी ८ सय १५ वेड क्षमताको क्वारिन्टाइन व्यवस्था गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।
कोषले यस वर्ष औषधि उपचार सुविधालाई महामारी लगायतका जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न सक्षम बनाउने, कल्याणकारी सोचको मध्यकालिन योजनाहरु सम्पन्न गर्ने, कोषबाट सञ्चालित कल्याणकारी कार्यहरुलाई मितव्ययी र दिगो बनाउनेलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्