तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमका सबै कोरोना संक्रमित निको

रुकुम । रुकुम पश्चिमका सबै कोरोना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन । जिल्ला अस्पताल रुकुम पश्चिमको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसगै जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्केका हुन । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन इश्वर रावलका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरि २७ जना ब्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस संगै रुकुम पश्चिममा संक्रिय कोरोना संक्रमितको संख्या शून्य भएको छ । जिल्लाको चौरजहारी नगरपालिकामा २०, बाँफिकोट गाउँपालिकामा ३, सानीभेरी गाउँपालिकामा २, त्रिबेणी गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ गरि जम्मा २७ जनालाई संक्रमण पुष्टि भएको थियो । तर आठबिसकोट नगरपालिकामा भने हालसम्म कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन । हालसम्म जिल्लामा ४ हजार बढीको स्वाव संकलन गरेर पिसिआर जाँच भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button