तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माण कार्य रोक्न आएको भारतीय एसएसबीको टोली स्थानीयको विरोध पछि फिर्ता

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ को पचुई क्षेत्रमा हतियार सहित आएको भारतीय एसएसबीको टोली नेपाली स्थानीय बासिन्दाको विरोध पछि फिर्ता गएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकखण्डको काम रोक्न तेस्रो पटक भारतीय एसएसबी नेपाल प्रवेश गरेका हुन् । पचुई स्थित ३८ नम्बर पिल्लर सहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै आएको छ ।

हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न भारतीय एसएसबीका डिपुटी कमाण्डर सहितको टोली बिहीबार साँझ नेपाली सीमाभित्र प्रवेश गरेको थियो । नेपालका तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली तथा स्थानीय नागरिकहरु सबै एकजुट भएर जाँदा एसएसबीको टोली त्यहाँबाट भारत तर्फ फिर्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button