तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अदालत बाँकेका कर्मचारीलाई कोरोना, आकस्मिक बाहेक सबै सेवा बन्द

बाँके । जिल्ला अदालत बाँकेमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको छ । जिल्ला अदालत बाँकेले एक सूचना सार्वजनिक गर्दै अदालतका कर्मचारीलाई कोरोना संक्रण देखिएपछि अदालतले दिदै आएको सेवाहरु समेत बन्द गरेको जनाएको छ ।

जिल्ला अदालत बाँकेमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि जिल्ला तथा उच्च वार, अदालत परिवार समेतको शुक्रबार बिहान आकस्मिक बैठक बसेको थियो । बैठकले आज शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल, अति जरूरी पक्राउ पुर्जी बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको अदालतले जारी सूचनामा उल्लेख छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि बाँके प्रशासनले आईतबारदेखि तीन दिनका लागि गरेको निषेधाज्ञा अवधिभर अदालत बन्द रहने हुँदा १६ गते गरि आएको कामलाई मात्र निरन्तरता दिने सहमती भएको सो सूचनामा बताइएको छ ।

यस्तै जिल्ला अदालतको आकस्मिक बैठकले साउन २० गतेसम्म अदालत परिवारको रिपोर्ट नआएमा वा निषेधाज्ञा लम्बिएमा पुनः सोही बमोजिम गर्ने र सामान्य अवस्था भएमा २० गते पुनः बैठक बसी सेवा सञ्चालन सम्बन्धमा निर्णय गर्ने जिल्ला अदालत बाँकेले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button