तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा समुदायस्तरमा सङ्कलन गरिएको स्वाब हेलिकप्टर मार्फत सुर्खेत पठाइयो

बाजुरा – बाजुरा जिल्लामा समुदायस्तरमा कोरोना जाँचका लागि स्वाब सङ्कलन सुरु गरिएको छ ।

पहिलो चरणमा जिल्ला बाहिर र भारतबाट आएको जाँच गरेपछि दोस्रो चरणमा समुदायमा स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ।

समुदायस्तरमा कोरोना फैलिएको छ या छैन भनेर जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका ५ सय ८६ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सङ्कलन गरिएको स्वाब हेलिकप्टर मार्फत सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले जानकारी दिनुभयो । हेलिकप्टर जिल्लाको फालासैन ,मार्तडी र कोल्टी क्षेत्रबाट स्वाब लिएर सुर्खेत पुगिसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button