तपाईँ सुन्दै हुनुहुन्छः

आफैँलाई सिसाले घोपेर घाइते युवकको उपचारको क्रममा मृत्यु

भद्रपुर, झापा । झापाको धुलाबारीस्थित सनराइज सुधार केन्द्रमा बसेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सुधार केन्द्रमा बसेकै बेला झ्यालको सिसा फुटाएर टुक्रा सिसाले आफ्नै पेटमा घोपेका हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

लागुऔषध प्रयोग गर्दै आएका खरेललाई असार १३ गते सुधार केन्द्र ल्याएकोमा १५ गते झ्यालको सिसा फुटाएर भागेका थिए । साउन ३ गते फेरि सोही सुधार केन्द्रमा ल्याइएका उनले आएकै दिन सिसाको टुक्राले आफ्नै पेटमा घोपेको डिएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button