सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,तोलाकै ९९ हजार बढी

काठमाडौं । शुक्रबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सयमा कारोबार हुँदै रेकर्ड कायम गरेको हो ।
शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहिबार पनि घटेको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारण त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्