तपाईँ सुन्दै हुनुहुन्छः

आफै अपहरणको नाटक गर्दा….

सिन्धुपाल्चोक । अज्ञात व्यक्तिले अपहरण गरेको भनेर नाटक गर्ने लाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।

बाह्रविसे नगरपालिका वडा नं. ४ का जीवन खत्रीले आफै अपहरणमा परेको नाटक गरेका छन् । ऋण तिर्न नसकेपछि उनले आफै अपहरणमा परेको नाटक गरेका हुन् ।

बुधबार विहान खत्री अपहरणमा परेको सूचना आफन्तले प्रहरीलाई दिएको थियो । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

खत्रीलाई अपहरको नाटक गरी झुटा अपबाह फैलाइ समाजमा समेत नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख प्रज्वल महर्जनले बताउनुभयो ।

बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका ५ यमुनाडाँडास्थित उनको फूपूको घरमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

वर्षदिन अघिदेखि गाउँमा कुखुरा पालन गरर बसेका खत्रीले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनलाई तिर्न नसकेपछि लाज भएकै कारण यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button