तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीमा कोभिड–१९ सङक्रमण देखिएपछि ओपिडी सेवा बन्द

विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङक्रमण देखिएपछि आजदेखि सो अस्पतालको ओपिडी सेवा बन्द भएको छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइज गर्नुपर्ने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनु भयो ।

अस्पतालमा विरामीको अत्याधिक भीड हुनाले समुदायमा सङक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको हो । यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङक्रमण देखिएको थियो ।

अस्पतालबाट दैनिक सात सय विरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवा र फिभर क्लिनिक सूचारु रहेको डा दासले बताउनु भयो । अस्पतालले गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button